लायन्स क्लब अफ काठमाण्डौ कृयेटिभ युथको नेतृत्वमा सुजना राई
News Desk
Jun-19 , 2020 तारिख 04:50 बिहान

लायन्स क्लब अफ काठमाण्डौ कृयेटिभ युथको स्थापना काल देखि नै संस्थापक सदस्य बनेकी ‘ संखुवासभाकी चेली सुजना राई  सक्रिय रूपमा समाजसेवामा अग्रस हुदै आईरहेकी हुन । 
उनी नेपालबाट धेरै टाढा भए ता पनि बिगत ४ वर्ष देखि निरन्तर रूपमा लायन्स क्लब मार्फत समाज मा सेवा पुऱाउदै आइरहेकी कल्ब का सदस्यहरू बताउछन !

२०१७ सालमा क्लब प्रवेश गरेकी सुजना राई, १७/१८ मा क्लबको सर्भिस च्येर पर्सन  १८/१९ मा क्लबको दोस्रो उपाध्यक्ष 
१९/२० मा क्लबको प्रथम उपाध्यक्ष हुदै, २०२० सालमा क्लबको साधरण सभाबाट १००% प्रतिसत मतले २०२०-२०२१ को लागी उनी कल्ब को अध्यक्ष जस्तो गरीमामया पदमा चयन भएकी छिन ।


क्लबका अध्यक्ष सुजाना राई सबैको ध्यान केन्द्रित गराउदै क्लबले आउने दिनहरूमा शिक्षा, लायन्स लाइब्रेरी , कम्प्युटर तालीम कक्ष , स्कूल ब्याग , स्टेशनरी वितरण , लायन छात्रवृत्ति , स्वास्थ्य शिविर-मधुमेह क्याम्प र अन्य समाज सेवाका कार्यहरू हुने जानकारी गराउदै डीस्ट्रीक गभरनर र इन्टरन्यासनल प्रेसीडेन्को थिम अनुसार कार्य गर्ने बताउदै उनी ‘टीम वर्क मा बिश्वास  गर्ने बताउछिन .

Related Post