News Desk
काठमाण्डौ
पिडित परिवार को आशा अर्जुन खड्का र जीवन साथी मैया खड्का ।
आफ्नो जीवनलाई समाज सेवामा समर्पित गर्नु हुने महान् व्यक्तित्व अर्जुन खड्का यो लकडाउनको समयमा सर्किय भएर दुखी असाहय परिवारको हौसला बनन्दै आएको छ।
अमेरिकामा बसे ता पनि निरन्तर रूपमा दुखी नेपाली दाजु-भाई दीदी-बहिनीलाई यो महामारिको समयमा सहयोग गर्दै आइरहेको र २ महिना देखि अर्जुन खड्का र वहॅंको धरम पत्नीले लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथ सॅंग मिलेर लगभग ५० भन्दा बढी दुखी परिवारको घरना चुलो बाल्ने काम गर्नुभएको छ।
आफनो स्वर्गीय आमाको सम्झनामा पनि अर्जुन खड्का ले लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथ मार्फत २१ पिडित परिवारलाई राहत वितरण गर्नु भएको खाधन्न: चामल, नुन, तेल र तरकारी सहयोग गर्नु भयो भन्न्ने लायन्स कल्ब का अध्यक्ष अनील बुर्जा मगर ले बताए ।