८९ पिडित परिवारलाई ल्यान्स कल्ब अफ काठमाण्डौ कृयेटिभ युथको साथ र सहयोग
News Desk
Jun-12 , 2020 तारिख 07:27 बिहान

लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथले जेष्ठ २७,२८ र २९ गतेका दिन यो लकडाउनका कारण ८९ परिवार विचल्लीमा परेकाहरूलाई राहत वितरण गरेर सहयोग गरेको छ जसमा डिस्ट्रिक गब्रनर चयन टंक बहादुर श्रेष्ठ, पूर्व डिस्ट्रिक गब्रनर अन्नत प्रसाद भेटुवाल, दोस्रो डिस्ट्रिक गब्रनर कर्म गुरुङ र वहाॅंको जीवन साथी अन्जली गुरुङको विशेष उपस्थिति थियो।   संस्थापक अध्यक्ष तथा जोन चेयरपरसन गनिका गुरुङ भन्नु हुन्छ लकडाउन आवश्यक्ता छ कोरोना भाईरस रोक्नका लागि तर लकडाउनको कारण हजारौ मानिसको जिन-जिवनमा प्रभाव परेको छ। केहि काम गनॅ नभएको कारण मानिसहरू दिनदिनै आर्थिक रूपले कमजोर हुदै गएको कारण लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथले ६२ दिन देखि भोकै रहेको परिवारको पेट भर्ने काम गर्दै आएको छ। तत्काल राहत कार्यक्रमका लागि विशेष योगदान दिनु हुने रयापर निरनय श्रेष्ठ, लायन अन्जली गुरुङ, शान्ती मान्नधरलाई विशेष धन्यवाद गनीका गुरुङ ज्यू दिनु हुन्छ।   क्लब अध्यक्ष अनिल बुजाॅ मगर बताउनु हुन्छ आज ८९परिवारलाई ८९०किलो चामल, ८९लिटर सोईबिन र सूर्यमुखी तेल, सोईबिन, नुन र तरकारी ती ८९ परिवारलाई सहयोग गर्न सफल भएको थियो।यसका साथै क्लब अध्यक्ष २०२०-२०२१ का सुजना राई भन्नु हुन्छ क्लबले भोलिका दिनमा सुत्केरी र गर्ववती महिलाको लागि विशेष ध्यान दिएर काम गर्ने छ।   अन्तिममा डिस्ट्रिक गब्रनर चयन टंक बहादुर श्रेष्ठ मनविय सेवाको लागि लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथलाई विशेष धन्यवाद दिदै कोरोना भाइरस रोक्न लकडाउनको पालना गरी घरमा बस्न आग्रह गर्नु हुन्छ।

Related Post