पिडित परिवारको आशा बन्दै अर्जुन खड्का र वहॅंको धरम पत्नी
News Desk
Jun-08 , 2020 तारिख 10:11 बिहान
817
पिडित परिवारको आशा बन्दै अर्जुन खड्का र वहॅंको धरम पत्नी आफ्नो जीवनलाई समाज सेवामा समर्पित गर्नु हुने महान् व्यक्तित्व अर्जुन खड्का यो लकडाउनको समयना सर्किय भएर दुखी असाहय परिवारको हौसला बनेको छ। अमेरिकामा बसे ता पनि निरन्तर रूपमा दुखी नेपाली दाजु-भाई दीदी-बहिनीलाई यो महामारिको समयमा सहयोग गर्दै आइराख्नु भएको छ। २ महिना देखि अर्जुन खड्का र वहॅंको धरम पत्नीले लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथ सॅंग मिलेर दुखी परिवारको घरना चुलो बाल्ने काम गर्नुभएको छ। आफनो स्वर्गीय आमाको सम्झनामा अर्जुन खड्का ज्यूले लायन्स क्लब अफ काठमाण्डौं कृयेटिभ युथ मार्फत २१ पिडित परिवारलाई राहत वितरण गर्नु भएको छ। खाधन्न: चामल, नुन, तेल र तरकारी सहयोग भएको थियो पिडित परिवारलाई।