News Desk
काठमाडौं / नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य बिमल ठकुरीले गोकर्णेश्वर नगरपालिका वडा ३ तारेभिरका लकडाउन प्रभावित बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण बिपन्न एकल महिला, वृद्ध थप संकटमा परेका पीडितका लागि ४५ बोर चामल सहयोग गरिएको थियो ।
सो कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य बिमल ठकुरी, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरी , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय कोषाध्यक्ष किरण केसी, गोकर्णेश्वर नगरपालिका प्रबक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा ३ का इकाई सभापति किरण बहादुर बिस्ट, गोकर्णेश्वर नगरपालिका वडा ८ का इकाइ कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल, गोकर्णेश्वर नगरपालिका वडा ३ वडा सदस्य लक्ष्मण गोले, समाज सेवी श्याम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका सहकारी बिभाग संयोजक लक्ष्युमण चौलागाईं , समाज सेवी कृष्ण कुमार चालिसे लगायत स्थानीयको उपस्थितिमा सामाजिक दुरी कायम गरि खाद्यान्न सामाग्री वितरण गरिएको थिए।
त्यस्तै आज गोकर्णेश्वर नगरपालिका वडा २ नयांपाटीमा नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीले गोकर्णेश्वर नगरपालिका वडा २ का इकाई सभापति प्रेम प्रसाद श्रेष्ठलाई लक डाउनका कारण विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुर थप संकटमा परेका पीडितका लागि २२ बोर चामल सहयोग गरिएको छ।
सो हस्तान्तरण कार्यक्रममा समाज सेवी सुदिप पण्डित , दिपेन्द्र लामालाई लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
गोकर्णेश्वर नगरपालिका वडा २ का इकाई सभापति प्रेम प्रसादले यस विषम परिस्थितिमा सहयोग गरेकोमा नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।
यस अघि पनि उनले आफ्नो बुवा स्व. चक्र बहादुर ठकुरीको पाँचौ स्मृतिको अवसर पारेर काठमाडौंका बिभिन्न बिभिन्न स्थानमा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने अभियानलाइ सहयोग गर्दै खाद्यान्न लगायतको सामग्री सहयोग गरेका थिए। उनले सोहि अभियानलाइ जारी राख्दै बिहिबार गोकर्णेश्वर नगरपालिका वडा ३ तारेभिर र गोकर्णेश्वर नगरपालिका वडा २ नयांपाटी गरी ६६ बोर चामल वडा संगको समन्वयमा खाद्यान्न सहयोग गरेका हुन् ।