News Desk
काठमाडौ, ३० वैशाख -नेपाली युवा महेश ढकालले विश्वप्रसिद्ध बेस्ट अफ ग्यास्ट्रोनोमीक कन्ट्री एम्बास्डर अवार्ड् प्राप्त गरेका छन् ।
हस्पिटालिटी क्षेत्रमा विगत १ दशक देखि संलग्न रहँदै आएका उनी विश्वका हस्पिटालिटी क्षेत्रमा कार्यरत सेफहरुलाई दिइने गरेको उच्च पद बेस्ट अफ ग्यास्ट्रोनोमीको कन्ट्री एम्बास्डर उपाधि नेपालवाट पनि चयन भएका छन्।
फ्रान्स स्थित बेस्ट अफ ग्यास्ट्रोनोमीको मुख्यालयले नेपालका मास्टर सेफ महेशराज ढकाललाई कन्ट्री एम्बासडर चयन गरेको हो । विश्वभरका १ सय देशबाट सर्वोत्कृष्ट सेफहरु चयन गर्ने क्रममा ढकाल नेपालवाट चयन भएका हुन। यस संस्थामा नेपालबाट मास्टर सेफ ढकालसहित अन्य १५ जना नेपाली सेफहरु विभिन्न देशवाट आवद्ध भैसकेका छन्। र अरु सेफहरु पनि यसमा आवद्ध हुने क्रम जारी छ।
हस्पिटालिटी क्षेत्रमा अत्यन्त सम्मानित उपाधि पाउने मास्टर सेफ महेशराज ढकाल र अन्य सेफहरुले प्रस्तुत गरेको नेपाली खानाको रेसिपी इन्टरनेशनल कुकबुकमा अव प्रकाशित हुने भएको छ। जसवाट नेपाली खानाको स्वाद र परिकार विश्वभर व्यापक चिनाउने कार्यमा मास्टर सेफ महेशराज ढकालको योगदान रहने भएको छ।
पत्रकारितामा स्नातक सक्दासम्म सेफ हुन्छु भन्ने सोचेकै थिएनन नेपालकै ख्यातिप्राप्त सेफ महेश ढकालले । शिक्षक हुने सोच थियो । जीविकाकै विकल्प बुन्दै गर्दा सेफको एकवर्षे डिप्लोमा कोर्स सकेँ काम त रमाइलो लाग्यो र हौस्याउने व्यक्तिहरूले गर्दा दृढ भएर लाग्न पनि थप प्रेरणा मिल्यो' मास्टर सेफ ढकालले भने ।
काठमाडौँको होटल र्याडिसनमा इन्टर्न गरेर अबुधाबीको भिसरी होटल ग्रुप, दुबईको जे डब्लु मेरिअट, अफ्रिकी देश सेसिलसको होटल हिल्टन र काजकिस्तानको रिच कार्लटनमा काम गरिसकेका ढकालले विदेशका विभिन्न भेगमा काम गरि मानिसका स्वादका अनेक मनोविज्ञान बटुलेका छन् ।
नेपालका पाँचतारे सांगिला होटल का सबैभन्दा कान्छा एक्जुकेटिभ सेफसमेत रहेर ४ बर्ष र नगरकोटको तारे होटल मिस्टिक माउण्टेनमा कुलिनरी डाइरेक्टर पदमा कार्यरत बनेका महेशराज ढकाल हाल अष्ट्रेलियामा रहेका छन्। वर्ल्ड हस्पिटालिटी अवार्ड–२०१५ बाट पुरस्कृत भएका उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि भएका छन् ।