उपत्यकामा निषेधाज्ञा भदौ २४ सम्म थप
News Desk
Sep-02 , 2020 तारिख 04:24 बेलुका

काठमाडौँ — भाद्र १७, २०७७। 

उपत्यकामा निषेधाज्ञा थप एक साताका लागि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराति सम्मका लागि निषेधाज्ञा बढाएको हो ।

जोखिमलाई विश्लेषण गर्दा अझै केही समय निषेधाज्ञा थप्नु पर्ने देखिएकोले सोही अनुसार एक सातासम्म यसअघिकै निर्णयलाई निरन्तरता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । निर्णय केही बेरमा औपचारिरुपमा सार्वजनिक गरिने प्रजिअ दाहालले बताए ।


दाहालसहित भक्तपुरकी प्रजिअ हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टको संयुक्त बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

यससगै तीन जिल्लाले आ–आफ्नो जिल्ला प्रशासन मार्फत निर्णय सार्वजनिक गर्ने छन् ।

(कान्तिपुर दैनिक)

Related Post