“मिस्टर एण्ड मिस प्यासिफिक काठमाडौं,२०२१” को लागि आवेदन फारम खुल्ला
News Desk
Mar-30 , 2021 तारिख 10:21 बिहान

काठमाडौँ — चैत्र १७, २०७७। 

पछिल्लो समय मोफसलमा निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको पि प्रोडक्सनले  “मिस्टर एण्ड मिस प्यासिफिक काठमाडौं,२०२१” को पहिलो संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । 

उपत्यका लगायत मोफसलका विभिन्न स्थानबा्ट १६ वर्ष देखि २४ वर्ष सम्मका छात्र छात्राहरुलाई मध्यनजर राखि  “मिस्टर एण्ड मिस प्यासिफिक काठमाडौं, २०२१”  को आयोजना गर्न लागिएको पि प्रोडक्सनका कार्यकारी प्रमुख प्रशान्त शाहले जनाए । 

कलेज स्तरका युवा - युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई  एक शिक्षित व्यक्तिको रुपमा समाजमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो ।      

पछिल्लो समय मोफसलमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको पि प्रोडक्सनले काठमाडौंमा गर्न लागेको पहिलो चरणको यस प्रतियोगिताका लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा विभिन्न कलेज तथा शहरहरुबाट करिव ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । 

उक्त कार्यक्रमको लागि सहभागीताको लागि चैत्र अन्तिम साता सम्म आवेदन फारम  भर्न सकिनेछ ।प्रतियोगिताका विजेताले “मिस्टर एण्ड मिस प्यासिफिक काठमाडौं, २०२१” कोे ताज उपाधि सहित आकर्षक गिफ्ट ह्याम्परहरुको साथै विभिन्न मोडलिङ/म्युजिक भिडियो कन्ट्र्याक्ट प्रदान गरिनेछ।  साथै यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ । 

Related Post