मत्स्येन्द्रनाथको रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच झडप
News Desk
Sep-03 , 2020 तारिख 12:41 बेलुका

ललितपुर — भाद्र १८, २०७७ । 

पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि केहीबेर झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँससमेत प्रयोग गरेको छ । स्थानीय युवाले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका छन् । अहिले पुल्चोक सशस्त्र प्रहरीसमेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदर्शनकारीले पानीको फोहोरा हान्ने प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन् ।

(कान्तिपुर दैनिक)

Related Post